भुमि पहल फाउन्डेसन फर जस्ट सोसाइटी र विमेनस् फण्ड एसिया को साझेदारी हो। यो साझेदारीले हालको दक्षिण एसियामा ऐतिहासिक रूपमा उत्पीडित भएका समुदायहरु खासगरी जनजाति, दलित, जातियताको कारणले उत्पीडित क्वेर, पारलैङ्गिक, तथा अपाङ्ग युवाहरुको नेतृत्व विकास र सशक्तीकरणको अत्यावश्यक रहेको मुद्दाको सम्बोधन गरेको छ।
भुमि पहलको योजना दलित युवा नेताहरुको अनुभव र विचारधाराहरुलाई एकआपसमा बाढ्ने साझेदारीको ठाउँ बनाउनु हो। यस्तो ठाउँको निर्माणले दलीत, जातियताको उत्पीडन भोग्नु परेको समुदायको अनुभव र विचारधारा र नारीवाद, क्वेर र पारलैंगिक सङ्गठित अभियानहरूको अन्तरवर्गियता(ईन्टरसेकश्नल) लाई अझ गहिरो रूपमा जोडिन सुनिश्चित गर्नु हो जस्ले भविष्यमा साझेदारीहरु गर्ने अनुकूल वातावरण ल्याउने छ।
यस्को थप लक्ष यौनिक अभिमुखिकरण, धर्म, जातियता, जनजातियता, र अपाङ्गता आदिका कारणले गर्दा हुने विविध किसिमको सिमान्तिकरणका अनुभवका भास्यहरुलाई अग्रपंक्तिमा राख्ने पनि हो।